September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

देशैभर फेरि बाढीपहिरोको बितण्डा: साढे ४ हजार मानिस घरबारविहीन

काठमाडौं, बाढी र पहिरोका कारण देशैभरि पुनः बितण्डा मचाएको छ । हजारौं घर डुबानमा परेको छ भने कैयौं पशु चौपायाहरू मरेका छन् ।

नेपालको पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पुर्‍याएको छ भने तराईका बस्तीहरू बाढीले पुरै डुबेका छन् । घरमा बाढी पसेपछि स्थानीयहरू घरबारविहीन बनेका छ ।

प्रहरीका अनुसार बाढीपहिरोबाट शुक्रबार मात्र तीन जनाको मृत्यु भएको छ । चार जना अझै बेपत्ता भएका छन् दुई जना घाइते भएको हो ।

यसैगरी नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार नवलपरासीको सुस्ता पश्चिममा बाढीमा परेर रामग्राम नगरपालिका १८ का ३८ वर्षीय विनोद पासी र १३ वर्षीय छोरा प्रदीपको ज्यान गएको छ ।

घरमा पानी पसेपछि छिमेकीको घरमा जाँदै गर्दा उनको मृत्यु भएको थियो । उदयपुर कटारी नगरपालिका २ मिलन चोककका ७ वर्षीय कर्ण मगरको पहिरोमा परेर मृत्यु भएको छ ।

महोत्तरीमा रातु खोलाको बाढीले बाँध भत्काउँदा वलवा—तिलगढमा ९ सय घर डुवानमा परेका छन् ४ हजार ५ सय मानिस घरबारविहीन बनेका छन् ।

यसैगरी धनुषा र सिरहाको बीचबाट बग्ने कमला नदीमा पानी बढेपछि नजिकका बस्तीमा त्रास बढेको छ। चुरेबाट तराई भू—भागमा बग्ने एक सय ६४ नदीको चरम दोहनले बस्ती प्रभावित हुनुका साथै हजारौं विस्थापित छन्।

शीर्ष समाचार

धेरै पढिएको