
सांकेतिक तस्वीर
दमौली, असार अन्तिम साता र साउन पहिलो साता लगातार बर्षापछि आएको बाढी पहिरोले तनहुँमा ठूलो क्षती भएको छ । यसै अवधिमा पहिरोमा परि १३ जनाको मृत्यु भयो, एक जना अझै बेपत्ता छन भने दुई घाइते भयका छन ।
त्रिशुली नदिमा आयको बाढिले वारिपारी गर्ने झुलुङ्गे पुल बगाएपछि तनहुँका आबुखैरेनि गाउँपालिका वडा नं. पाँचको दोन्द्रोङबेसी र केही गाउँका बासिन्दालाई पाँच मिनेटमा पार गर्न सकिने बाटो अहिले लम्बियर कम्तिमा डेढ घण्टा लाग्ने भयको छ ।
उक्त गाउँलाई मुग्लिङ-नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका २१ को सिमलतालस्थित राजमार्ग जोड्ने झोलुङ्गे पुल बगाएपछी नागरिकहरु डेढ घण्टा लगाएर परको रिग्दी खोलाको पुलबाट वारपार गर्न बाध्य भयका छन ।







