September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

भारतद्धारा नेपाललाई ८ करोड बराबरको राहत सामाग्री हस्तान्तरण

काठमाडौं, ११ भदौ । भारतले नेपाललाई ८ करोड बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ । भारत सरकारको तर्फबाट उक्त राहत सामाग्री मिशन उप–प्रमुख नामग्या खम्पाले नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद माननीय चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

भारतीय दुतावासले जारी गरेको विज्ञप्तीमा नेपालका १५ जिल्लाहरुमा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्न लागिएको सो राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरु रहेका जनाइएको छ ।

‘बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत सो राहत सामाग्री चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिनेछ ।’ दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारत सरकारले नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित रुपमा उपलब्ध गराउँदै आएको छ।

शीर्ष समाचार

धेरै पढिएको