September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

आयोगद्वारा दल दर्ताको औपचारिक जानकारी संसद सचिवालयलाई

काठमाडौं, समय आयोगमा दर्ता भएका दुई दलको औपचारिक जानकारी निर्वाचन आयोगले पछिल्लो संघीय संसद सचिवालय तथा प्रदेश सभा सचिवालयलाई गराएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार शुक्रबार निर्वाचन आयोगबाट पत्रको व्यहोरा सहितको औपचारिक जानकारी प्राप्त भएको हो ।

पत्रको व्यहोरामा संघीय संसद सचिवालय तथा प्रदेश संसद सचिवालयलाई कार्यार्थ उल्लेख गरिएको प्रवक्ता पाण्डेले बताए । पत्र प्राप्त भएपछि सो दुई दलका लागि संसदीय दलको कार्यालय व्यवस्थापन, गाडी सुविधा तथा अन्य नियमानुसार प्राप्त हुने सुविधा सचिवालयले उपलब्ध गराउने प्रवक्ता पाण्डेको भनाइ छ ।

यसअघि गत बुधबार नेकपा (एमाले) बाट फुटेको नेता माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल र नेता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अलग भएको नेता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको