
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालामा थप ३६० जनामा कोरोना पुष्टि भयको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ६ हजार ६२२ जनामा कोरोना परिक्षण गर्दा ३६० जनामा कोरोना पोजेटिभ देखियको छ, योसगै कुल संक्रमितको सङ्ख्या २१ हजार ७५० रहेको छ । देशभरमा ६ हजार २९६ जना सक्रिय संक्रमीत रहेका छन ।
यससँगै कोरोनामुक्त भई आज २३३ सहित देशभर डिस्चार्ज हुनेको सङ्ख्या १५ हजार ३८९ रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताएका छन । क्वारेन्टाइनमा रहनेको सङ्ख्या ९ हजार २९६ रहेको मन्त्रालयले जनाएको छ ।






