September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

गृहमन्त्री खाँणद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर बुधबार विमानस्थलको प्रगतिबारे जानकारी लिएका हुन् ।

मन्त्री खाँणको जिज्ञासामा सचिव कोइराला र महानिर्देशक पोखरेलले क्यालिवेशन फ्लाइटका लागि भारतलाई आग्रह गरिएको र भारतीय टोली आएर काम पूरा गरेपछि तीन महिनामा उद्घाटन गर्न सक्ने अवस्थामा पुग्ने जानकारी गराएका हुन् ।

अन्य आवश्यक पर्ने भवन र भौतिक संरचना तयार भएका र फिनिसिङको काम भइरहेको जानकारी गराए । यसैगरी
मन्त्री खाँडको भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरुआत भएपछि आन्तरिक उडानमा कस्तो चाप पर्छ भन्ने जिज्ञासामा महानिर्देशक पोखरेलले खासै असर नगर्ने जानकारी गराएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको