
बिरगंज – “जटिल वैश्विकै काेराेना महामारी , निसुल्क भोजन हाम्रो जिम्मेवारी ” भन्ने मुल मन्त्रका साथ साहिब दरबार सेवा सस्थान , समपर्ण सेवा सस्था र स्टार सेरामिक्स प्रालीद्वारा पुन: आज बुधबार देखि निषेधाज्ञाकाे कारण भाेकै पेट बस्नु परेका गरीब निमुखा असहायहरूकाे पेट भर्न नि:शुल्क भाेजन वितरण सुरु गरेका छन । यसअघि सो सस्थाले ३ महिना भाेजन गराएको थियो ।
त्यसैगरी यसपटक पनि यहाँहरूकाे निरन्तर साथ, सहयाेग र मार्गदर्शन पाईराख्ने हामीले विश्वास लिएको सस्थाका राजेश मान सिंहले बताए । निसुल्क भोजनको लागि सहयोग गर्ने संस्थाका राजेश सिंह , रूपेश मान सिंह , अफरोज आलम , राहुल तुल्स्यान , किशोर सिंह, विक्रम नगरकोटी, ठकुरी ,कलाम मंसूरी, मनिष ठकुरी रहेका छन् ।






