
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोना पुष्टि भयको छ। कुल संक्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनु भयको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३० जनासहित हालसम्म कोरोनामुक्त भई १५ हजार १५६ जना डिस्चार्ज भयका छन भने ६ हजार १७४ जना सक्रिय संक्रमीत रहेका छन । देशभर क्वारेन्टाइनमा रहनेको सङ्ख्या ९ हजार ९२५ रहेको छ ।





