
दार्चुला, भारतले दार्चुलादेखी कालापानीसम्मको सिमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बरले बढाउदै लगेको छ ।तम्बाकुदेखी लिपुलेक हुँदै नाबिढाङ्को विभिन्न चौकिमा भारतले हजारौंको सङ्ख्यामा सुरक्षाकर्मी बढायको हो । अहिले दर्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंको सङ्ख्यामा एसएसबी र सेनाका सवारिसाधन परिचालन गरियको छ ।
नेपाल सरकारले घाटिबगरमा नेपाली सेनाको क्याम्प राखेपछी भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले विभिन्न उपकरण लगायर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयबासी शेरसिहं धामीले जानकारी दियका छन । नेपाली सैनिक क्याम्प बसेको पारिपट्टी भारतले बिस्फोटक पदार्थ विस्फोट गराउदै आयको छ । भारतले लिपुलेक जोड्ने सडक निर्माण क्रममा तम्बाकु, घाटिबजार, दोपाखे, पोलो, बुदि लगायतका क्षेत्रमा महाकालिबाट नेपाली भुभाग मार्फत डोजर लगेर बाटो खनेको छ । नेपाली भुभागमा डोजर ल्याउदा भारतले नेपाली पक्षसग कुनै समन्वय गरेको थियन ।
नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्फियाधुरा सहित गुन्जी, नावि र कुटि गाउँसहितको भुगोल समेटेर नक्सा सार्बजनिक गरेपछी झन भारतिय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ ।अहिले गुन्जिदेखी कालापानी, नाविढुङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्तिथि गरायको त्यहाँको स्थानीयवासी बताउँछन ।
व्यासका स्थानिवासी भन्छन “भारतिय पक्षलाई अहिले यो क्षेत्र अति संबेदनसिल भयको छ ।” भारतियले अहिले कालापानिभन्दा तल आई नेपालि सुरक्षाकर्मी र स्थानियवासिलाई आवतजावतमा रोक लगाउने गरेको छ । नेपाल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नं ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानी नजिकैको कौवा र तिङ्करमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्दै छ ।
नेपाली सेनाले गोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेका छन । व्यासको छाङ्गरुमै नेपाली सेनालाई राख्न प्रस्ताव अपि नाम्ना संरक्षण क्षेत्र कार्यलय र जिल्ला सुरक्षा समितिमार्फत गयको छ ।





