
श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलमाथि कार्यकक्षमै हातपात भएको छ । मोरङ प्रहरी प्रमुख एवं एसपी सन्तोष खड्काले सञ्जेलमाथि कार्यालयमा कार्यरत दुई जना महिला कर्मचारीहरुले हातपात गरेको कान्तिपुरलाई बताए । उनले भने, ‘ड्युटी सिफ्ट परिवर्तन गर्ने विषयमा भनाभन हुने क्रममा हातपात भएको रहेछ । अहिले दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं ।’
ती महिलाहरु कार्यालय सहयोगीको रुपमा कार्यरत रहेको खड्काले बताए ।’ड्युटीमा खटाउने क्रममा उहाँहरुले राति नखटाइदिनु भन्दा विवाद चर्केपछि हातपात भएको रहेछ,’ एसपी खड्काले कान्तिपुरलाई भने । प्रहरीका अनुसार बिहान ११ बजेतिर उपसचिव सञ्जेलले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।







