September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

पारसकाे दादागिरी:आफैं ट्राफिक नियम मिचेर प्रहरीसँग लफडा

पूर्व युवराज पारस शाहाले बेला बेलामा प्रहरी माथि आक्रमण गर्ने गरेका छन् । उनलेे कैयौं पटक प्रहरीलाई धम्कीपूर्ण भाषा प्रयाेग गर्ने र हातपात समेत गर्ने गरेकाे छ । त्यस्तै शुक्रबार राति उनी बिना हेलमेट बाइकमा यात्रा गरिरहेका थिए प्रहरीले रोकेर कारबाहीको दायरामा ल्याउन खोज्दा उल्टै बादबिबादमा उत्रिए ।

शुक्रबार पारस र उनको टीमका केही सदस्य महाराजगन्ज चोक (चक्रपथ) मा बिना हेल्मेटमा सडकमा हुइँकिएको पाइएपछि ट्राफिक प्रहरीले रोकेको थियो ।

सार्वजनिक एक भिडियोमा उनी असन्तुलित देखिन्छन् भने आवाज पनि स्पष्ट सुनिँदैन । उनले आफ्नो गल्ती स्वीकार्नुको साटो उल्टै ‘तँतँ र मम’को अवस्थामा प्रस्तुत भएका छन् ।

ट्राफिक प्रहरीले सो क्रममा माथिल्लो निकायमा फोन गरेर गाडी पठाइदिन भनेको भिडियोमा सुनिन्छ भने सो क्रममा पारसका समर्थकले होहल्ला गर्दै नाराबाजी समेत गरेका थिए । प्रहरी स्रोतका अनुसार पारसले लफडा गरेपनि उनलाई त्यसै छाडिएको छ ।

यस विषयमा महानगरीय प्रहरी कार्यालयका प्रमुख तथा एआईजी हरि पालसँग बुझ्दा पारसलाई नियमानुसार सवारी नियम उलंघन गरेको अभियोगमा कारबाही गर्नेगरी छाडिएको दावी गरे ।

शीर्ष समाचार

धेरै पढिएको