September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

एनआरएनए काेरियाकाे ८ औं कार्यसमिति चयन: अध्यक्षमा दिपक पुन, उपाध्यक्षमा सन्जिब राई र मनाेज गाैतम निर्वाचित

सौल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिणी काेरियाकाे ८ औं कार्यसमिति चयन भएको छ ।

गत जुलाई २५ तारिकमा एनआरएनए काेरियाले निर्वाचन परिणाम घाेषणा गर्नुका साथै सपथ कार्यक्रम आगामी शनिबार जुम मार्फत सम्पन्न गर्ने भएको छ । ८ औं कार्यसमितिका लागि चयन भएकामा आईसीसीका पदाधिकारीहरु निर्विरोध चयन भएका थिए जसमा आईसीसी सदस्यहरु सोम तामाङ बिमल सुवेदी रहेका छन् ।

त्यस्तै एनआरएनए काेरियाका अध्यक्षमा दिपक पुन मगर, वरिष्ठ उपाध्यक्ष, सन्जिव कुमार राई, उपाध्यक्ष मनोज गौतम, किरण अधिकारी, महिला उपाध्यक्ष शुभद्र पालुङ्वा,महासचिव रोशन भट्टराई, सचिव श्री सत्याल, परि गुरुङ ( सोल मिरा) कोषाध्यक्ष खिम काउचा सहकोषाध्यक्ष सुनिल कन्दङ्वा युवा संयोजक अनित थपलिया महिला संयोजक सुजाता बस्नेत सदस्यहरु डा.रोशन शर्मा, रमेश थापा, सन्तोष खड्का, गंगा खतिवडा, अम्रिता लामिछाने गुरुङ, बुद्धि प्रसाद नेपाल, गम्भिर मान श्रेष्ठ रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको