

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक गरेका छन् । उद्योगपति स्किलिङ इकोसिस्टम सरोकारवाला, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिको भेलाका बीच ‘रोजगारी सर्भिस प्रालि र यूकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम सिपको पहलमा बिहीबार भर्चुअलको माध्यमबाट आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त अभियानको सार्वजनिक गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले यस अभियान बेरोजगार युवाका लागि महत्वपूर्ण हुने बताएका छन् । अभियानको लोगो र नारा सार्वजनिक गर्दै मन्त्री खतिवडाले भने, “म विश्वस्त छु कि यस्ता बजार नेतृत्व स्किलिङ पहलले गति लिन पाउनेछन् र सफलतापूर्वक सरकार, निजी क्षेत्र, नागरिक समाजबीच परिकल्पना गरिएको सहकार्य निर्माण गर्नेछ । ” रोजगारी सिर्जना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीति ल्याइरहेको भन्दै यसले आर्थिक भविष्यलाई सक्षम बनाउन सहयोग पुग्ने पनि विश्वास व्यक्त गरे । यस अभियानअन्तर्गत आप्रवासी र आर्थिक रूपले वञ्चित, सामाजिक बहिष्कृत समूहहरूको जीवनयापन आवश्यकताको प्रक्रिया दिन अघिल्ला प्रयासमा निर्मित भएको जनाइएको छ ।
कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग सात लाख नेपाली श्रमिक विदेशबाट फर्किने अनुमान गरिएको छ । रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्रराज गिरीले ‘अब देशमै छ रोजगारी’ अभियान र यूकेएड (सिप) र अन्यसँगको हाम्रो सामूहिक साझेदारीले नेपालको मानव संसाधनमार्फत रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पुर्याउन सामूहिक उत्प्रेरित गरिनुपर्ने आवश्यकता रहेकाेरहेकाे बताए ।





