September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

भोलिबाट लामो दूरीका सार्वजनिक यातायात चल्न पाउने

काठमाडौं, भोलिबाट लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्न गाडी चल्न दिने निर्णय भएको हो ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात चल्न दिने निर्णय गरेको उनको भनाइ छ । यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ ।

यसैगरी यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठकाडौंको अनुरोध छ ।

शीर्ष समाचार

धेरै पढिएको