March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

चिनियाँ राष्ट्रपति सीद्वारा तिब्बत भ्रमण

काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बत भ्रमण गरेका छन् । राष्ट्रपति भएपछि सी पहिलो पटक तिब्बत पुगेका हुन् ।

यसअघि सन् २०११ मा उपराष्ट्रपतिका रुपमा सीले तिब्बतको भ्रमण गरेका थिए भने सन् २०१३ मार्च १४ मा उनी चीनको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तिब्बत स्वशासित क्षेत्र भएको ७० वर्ष पुगेको अवसरमा राष्ट्रपति सीसहितको टोली भ्रमणमा आएको हो ।
बुधबार बिहान उनी तिब्बतको स्विजरल्यान्ड भनेर चिनिने निङ्ची पुगेका थिए ।

राष्ट्रपति सीले तिब्बतका स्थानीय बासिन्दासँगको भेटमा तिब्बती समुदाय एउटा सुखी भविष्यप्रति अघि बढिरहेको बताएका थिए ।

एक दशकअघि उपराष्ट्रपतिका रुपमा भ्रमण गर्दा सीले तिब्बतमा ‘पृथकतावादी समूह’ सँग लड्ने बताएका थिए । उनले निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामाको समूहप्रति संकेत गर्दै एक चीन नीतिमा आफूहरु अडिग रहेको बताएका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको