December 6, 2021, Monday
२०७८ मंसिर २१, मंगलवार

चितवनमा नहरमा डुबेर दुई जनाको मृत्यु

चितवन, नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । नहरमा डुबेर मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन् ।

बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेको जिल्ला प्रहरी कार्यालय चतवनले जनाएको छ ।

नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अङ्कित पनि बेपत्ता भएका हुन् । प्रहरीले नहरमा बेपत्ता भएको खबर पाएसँगै खोजी गर्दा २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको