October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

भारतीय धर्मगुरुलाई बालुवाटारमा स्वागत, देउवाको नक्षत्र राम्रो रहेकाले देशको प्रगति हुने

काठमाडौं, भारतीय हिन्दु धर्मगुरुले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । तीन दिनअघि नेपालको धार्मिक भ्रमणमा आएका जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) ले भेट गरेका हुन् ।

बुधबार अपरान्ह हिन्दु धर्मगुरु बालुवाटारमा देउवा भेट्न पुग्दा देउवाले उनको स्वागत गर्दै आशीर्वाद ग्रहण गरेका थिए । धार्मिक कार्यमा विश्वास राख्ने प्रधानमन्त्री देउवाले सो भेटका क्रममा धर्मगुरुसँग केहीबेर भलाकुसारीसमेत गरेका थिए ।

सोही क्रममा देउवालाई उनले कार्यकाल सफल हुने योग देखिएको भन्दै दुई देशको सम्बन्ध पनि प्रगाढ बन्ने बताएका थिए भने देउवाको नक्षत्र राम्रो रहेकाले देशको प्रगति हुने पनि धर्मगुरुको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको