March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

वरिष्ठ कलाकार उत्तम नेपालीको ८५ वर्षको उमेरमा निधन

काठमाडौं, वरिष्ठ कलाकार उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य) को ८५ वर्षको उमेरमा बुधबार निधन भएको छ । कलाकार नेपाली नेपालको आधुनिक अमूर्त चित्रकलाको प्रवर्तकमध्येमा मानिन्छन् ।

विगत तिन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सबाट पीडित उ अनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

काठमाडौंको किलागलमा वि.सं. १९९४ वैशाखमा जन्मिएका नेपालीले लखनऊबाट चित्रकलामा स्नातक गरेका थिए । अध्ययनपछि २०१८ सालमा स्वदेश फर्केपछि उनले आधुनिक चित्रकला सुरु गरेका थिए । कलाकार नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य पनि हुन् ।

उनको नेपाल, भारत, जापानलगायत विभिन्न मुलुकमा चित्रकला प्रदर्शनीसमेत आयोजना गरिएको थियो भने उनी गीतकार, कवि र कुशल अभिनय गर्ने कलाकारका रूपमा समेत परिचित थिए ।

शीर्ष समाचार

धेरै पढिएको