March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

अमेरिकी अरबपतिको अन्तरीक्ष उडान, शकुशल फर्कीए जेफ बेजोस

अमेरिकी अरबपति जेफ बेजोस दश मिनेटको अन्तरिक्ष उडान भरेर फर्किएको छ । मङ्गलबार साँझ अमेजनका संस्थापक समेत रहेका बेजोस आफ्ना दाइ मार्क बेजोस, १८ वर्षीय छात्र ओलिभर डायमेनसँगै उडान भरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तीन जना यात्रुलाई ८२ वर्षीय पूर्ब पाइलट वैली फंकले समेत सहभागी हुनुहुन्थ्यो । पृथ्वीबाट उडान भरेको करिब १० मिनेट १० सेकेण्डपछि चारै जना एक प्यारासुटबाट पृथ्वी टेकेका थिए ।

फंक वैली अन्तरिक्षमा पुग्नुहुने सबैभन्दा बढी उमेरको अन्तरिक यात्रीको कीर्तिमान बनाउनुभयो भने ओलिभर सबैभन्दा कान्छो अन्तरिक्ष यात्रीको रुपमा आफ्नो नाम दत्र्ता गराउन पुगे । अन्तरिक्ष यात्रा गर्ने चारैजना बेजोसको कम्पनी ‘ब्लू ओरिजिन’को अन्तरिक्ष यान ‘न्यू शेफर्ड’बाट उडान भरेका थिए । न्यू शेफर्ड अन्तरिक्ष पर्यटनलाई प्रवद्र्धन गर्ने उद्येश्य बोकेको हो ।

न्यू शेफर्डले मंगलबार साँझ करिब पौने सात बजे अमेरिकाको टेक्सस राज्यमा पर्ने एक मरुभूमीबाट अन्तरिक्षको लागि उडान भरेको थियो । उडान भरेको दुई मिनेटपछि कैप्सुल यान मूल यानबाट अलग भएको थियो । जुन पृथ्वीको सतहभन्दा एक सय किलोमिटर माथि अन्तरिक्षसम्म पुग्यो ।

चारै जना यात्रुले अन्तरिक्षमा करिब चार मिनेटमा शून्य भारविहीनताको अनुभब गरे । चारैजनाले ‘सिटबेल्ट’ उप्काएर हावामा पौडी खेलेको अनुभब प्राप्त गरे । टाढाबाट पृथ्वीलाई अवलोकन गर्ने आनन्द समेत चारैजना अन्तरिक्ष यात्रीले लिए ।
न्यू शेफर्डको अन्तरिक्ष यात्रा गत साता अर्का अर्बपति रिचर्ड ब्रैनसनको सफल उडानपछि भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको