August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

प्युठानमा बाख्रा चराउन गएका दुई बालिका पौडी खेल्ने क्रममा बेपत्ता

प्युठान, प्यूठानको माडी नदीमा सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा बगेर दुई बालिका बेपत्ता भएकी छन् । 

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर) की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेकी छन् ।

स्थानीयवासीका अनुसार दुवै जना बाख्रा चराउन गएका थिए । र नदीमा पौडी खेल्ने क्रममा बगेर दुबै बेपत्ता भएको स्थानीयवासीले भनाइ छ । हाल स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य जारी छ ।

शीर्ष समाचार

धेरै पढिएको