October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

नाइजेरियाको एम्बुस आक्रमणमा १३ प्रहरीको मृत्यु

नाइजेरिया, नाइजेरियाको उत्तरपश्चिमी राज्य जम्फारामा भएको एम्बुस आक्रमणमा परि १३ प्रहरीको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बंगुदु जिल्लाको कुरारा मोटा गाउँमा एक प्रहरी कार्यालयमा एम्बुस आक्रमण गरेका थिए । उक्त आक्रमणमा परी १३ जनाको मृत्यु भएको हो ।

उत्तरपश्चिमी नाइजेरियामा आपराधिक गिरोहहरूले आतङ्कित पारेका छन् भने उनीहरूले गाउँमा छापा मार्ने, गाईवस्तु चोर्ने, फिरौतीको लागि अपहरण गर्ने र सरसमान लुटेर घर जलाउने काम गर्दै आएका छन् ।

आक्रमणकारीहरु नजिकैको जङ्गलमा लुक्न खोजिरहेका र यस जङ्गलमा उनीहरूको लुक्ने ठाउँ रहेको विश्वास गरिएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको