March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

चीनले साइबर आक्रमण गरेको गम्भीर आरोप

अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर हमला गरेको आरोप लगाएका छन् । ती देशहरुले चीनमाथि सोमबार साइबर हमला गरेको गम्भीर आरोप लगाएका हुन् । यो हमला माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरीएको चीनमाथि आरोप लागेको छ । यो साइबर आक्रमणपछि कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएको अमेरिका र बेलायतको आरोप छ ।

बेलायतले यो आक्रमणमा चीन सरकार समर्थक पक्षमाथि आरोप लगाएको छ । सोमबारै युरोपियन युनियनले पनि यो आक्रमण चिनियाँ क्षेत्रबाट भएको आरोप लगाएको बीबीसीले जनाएको छ । अमेरिका, बेलायत र युरोपियन युनियनले चिनियाँ रक्षा मन्त्रालयले समेत व्यापकर रुपमा जासुसी गरेको र खतरनाक व्यवहार गरेको आरोप लगाएका छन् ।

चीनले भने यसअघि लगाईंदै आएका साइबर आक्रमणका आरोपलाई पनि कडाइका साथ अस्वीकार गर्दै आएको छ । चीनले सबै प्रकारका साइबर अपराधको विरुद्धमा आफु दृढ रहेको बताउँदै आएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको