August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

आजबाट जोन्सनको खोप दिन सुरु, प्रधानमन्त्रीद्वारा खोप केन्द्र अनुगमन

काठमाडौं, आजबाट जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समुहकालाई दिने कार्यक्रम सुरु भएको छ । अमेरिकाले अनुदान सहयोग गरेको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपालले प्राप्त गरेको हो ।

कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराएको उक्त खोप एक जोड मात्रै लगाए पुग्छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रबाट अनुगमन सुरु गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिहान १० बजे खोप केन्द्रमा पुगेर अनुगमन सुरु गरेका हुन् । सोमबार प्रधानमन्त्री देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसैगरी काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको