October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

किनेको १० महिनापछि जनकपुर–जयनगर रेल्वेको ‘ट्रयाक स्पीड’ परीक्षण आज गरिँदै

काठमाडौं, विगत लामो समय देखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आज हुने भएको छ । भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्रयाक स्पीड’ परीक्षण गरिने छ ।

रेल खरिद गरेको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो । जनकपुर–जयनगर रेल्वे सेवा संचालनका लागि रेल्वे ट्रयाकमा आज ‘ट्रयाक स्पीड’ परीक्षणको तयारी भएको रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका छन् ।

प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट रेल जनकपुर आइपुग्ने छ र जनकपुरबाट सो रेल प्रतिघण्टा १२० किलोमिटरको गतिमा पुनः जयनगर फर्किने छ ।

परीक्षणको क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्रयाकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्रयाक रेल सेवा संचालनको लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्ने छन् ।

शीर्ष समाचार

धेरै पढिएको