December 6, 2021, Monday
२०७८ मंसिर २०, सोमबार

साउन १५ गतेभित्र ३२ लाख खोप ‘भेरोसेल’ ल्याउने

काठमाडौं, छिमेकी मुलुक चीनबाट सरकारले साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ ।

चीनसँग खरिद गरेको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो । चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट नियमित ल्याउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छन्

उनका अनुसार गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ गते साउन) जहाज चीनतर्फ जानेछ ।

निगमको वाइडबडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ । उनका अनुसार चीनसँग खरिद गरिएको खोप लिन यही साउन ७ गते पौनै ६ः ०० बजे गएर अर्को दिन अर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ ।

यसैगरी साउन ७ गते पुनः जहाज गएर ८ गते र ९ गते १० गते खोप नेपाल ल्याइने छ ।

शीर्ष समाचार

धेरै पढिएको