October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

साउन ६ गतेबाट ‘भेरोसेल’ खोप लिन जहाज नियमित चीन जाने

काठमाडौं, कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि साउन ६ गते जहाज चीन जाने भएको छ ।

चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो ।

यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने निगमका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले जानकारी दिएका छन् ।

उनका अनुसार चीनसँग खरीद गरिएका खोप लिन पौनै ६ः०० बजे गएर अर्काे दिनअर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यसैगरी साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ ।

शीर्ष समाचार

धेरै पढिएको