April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

पश्चिम युरोपमा भीषण बाढी, जर्मनी र बेल्जियममा ७० जनाको मृत्यु

भारी वर्षापछि आएको भीषण बाढीले जर्मनी र बेल्जियममा ७० जना भन्दा बढी मानिसको मृत्यु भएको छ । बाढीका कारण जर्मनी सबैभन्दा प्रभावित भएको छ ।बेल्जियममा ११ जना मानिसको मृत्यु भएको छ भने कयौं व्यक्ति हराइरहेको समाचार छ । भारी वर्षा पछि आएको बाढीका कारण नदीको सतह बढेर बस्तीमा पसेपछि ठूलो क्षति भएको हो ।

जर्मनीका दुई वटा राज्यका साथै नेदरल्याण्ड समेत प्रभावित भएका छन् । आज पनि अझै भारी वर्षा हुने पूर्वानुमान गरिएकाले थप सतर्कता अपनाउन आग्रह गरिएको छ । स्थानीय अधिकारीहरुले बाढीको कारण जलवायु परिवर्तन भएको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको