July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

साउने सोमवार र यसको महत्व:शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त

दधिशंखतुषाराभं क्षीरोदार्णव सम्भवम । नमामि शशिनं सोमं शंभोर्मुकुट भूषणं ।।

साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ ।

विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।

महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ! हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्- साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ ।

दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ । शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ। वेदमा रुऽको रूपमा शिवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा रुऽका विभिन्न वर्णन गरिएको छ। सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ। पौराणिक ग्रन्थहरूमा ब्रहृमालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ। शिवलाई सम्पूर्ण देवताका पनि देवता अर्थात देवाधिदेव महादेव भनिएको छ ।

शिव पूजा के दौरान भूलकर भी नहीं करने चाहिए 10 काम, वरना हो सकता है भारी नुकसान

शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। वेदमा रुऽको रूपमा शिवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदमा सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने देवताको रूपमा शिवको उपासना गरिएको छ। कुनै पवित्र नदीमा स्नान गरी शुद्ध भएर जल उठाई बोलबमको नारा लगाउँदै डाक बम र बोलबम बनेर पहेँलो वस्त्रधारी भक्तजनले खाली खुट्टा पैदल हिँडेर शिवालयमा जल अर्पण गर्ने कार्यलाई बोलबम भनिन्छ ।

साउन महिनामा चुरा, टिका, गरगहनाका साथै हातमा महेन्दी लगाउने प्रचलन छ । मेहन्दीलाई नारीहरुको सौभाग्यको प्रतिक मानिन्छ । यसको साथै यस महिनालाई चाडपर्व भित्रयाउने महिनाको रुपमा मानिने हुनाले यो महिना विवाहित दिदिबहिनीहरुले सगुनको रुपमा महेन्दी लगाउने प्रचलन छ । नारी श्रृंगारमा सोह्र श्रृंगार मध्य महेन्दीको पनि छुट्टै महत्व छ ।

साउन महिनामा चुरा, टिका, गरगहनाका साथै हातमा महेन्दी लगाउने प्रचलन छ । मेहन्दीलाई नारीहरुको सौभाग्यको प्रतिक मानिन्छ । यसको साथै यस महिनालाई चाडपर्व भित्रयाउने महिनाको रुपमा मानिने हुनाले यो महिना विवाहित दिदिबहिनीहरुले सगुनको रुपमा महेन्दी लगाउने प्रचलन छ । नारी श्रृंगारमा सोह्र श्रृंगार मध्य महेन्दीको पनि छुट्टै महत्व छ ।

शीर्ष समाचार

धेरै पढिएको