October 15, 2021, Friday
२०७८ आश्विन ३०, शनिबार

भोलि सरकारी निवास बालुवाटार सर्दै प्रधानमन्त्री देउवा

काठमाडौं, नवनियुक्त प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि सरकारी निवास बालुवाटार सर्ने भएका छन् । उनको सचिवालयका अनुसार शुक्रबार उपयुक्त समय मिलाएर सरकारी निवासमा सर्ने भएको हो ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा हाल बुढानीलकण्ठ स्थित आफ्नै निवासमा छन् । बुधबार निवर्तमान  प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेसँगै देउवाले शुक्रबार सर्ने तयारी गरेका हुन् ।
 

शीर्ष समाचार

धेरै पढिएको