December 6, 2021, Monday
२०७८ मंसिर २१, मंगलवार

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारी (सिडिओ)को बैठक बस्दै छ । विहीबार दिउँसो १ बजे काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो ।

काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली, ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला र भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईबीच साउन १५ गतेसम्म निषेधाज्ञाको थप्ने तयारी भइरहेको छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ ।यस्तै उपत्यका बाहिर जाने–आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात पनि खोल्ने विषय छलफल हुने भक्तपुर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको