August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

नवनियुक्त मन्त्रीहरूको पहिलो दिन

नवनियुक्त चारमन्त्री बालकृष्ण खाँड, जनार्दन शर्मा, पम्फा भुसाल र ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्री खाँड, अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालले बुधबार र कानुनमन्त्री कार्कीले मंगलबार आआफ्नो मन्त्रालय पुगी पदबहाली गरेका हुन् ।

पदबहालीका क्रममा उनीहरूले नीतिगत निर्णय लिनुका साथै मातहतका कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । नवनियुक्त गृहमन्त्री खाँणले पहिलो निर्णयका रूपमा पूर्वी नवलपरासी जिल्ला विपद् व्यवस्थापन कोषमा त्यहाँबाट माग गरिएको रकम पठाउने फाइल सदर गरेका छन् ।

अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँको सहमति प्रदान गर्नेलगायतका निर्णय गरेका छन् । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको