December 6, 2021, Monday
२०७८ मंसिर २०, सोमबार

अफगानिस्तान र पाकिस्तानको सीमामा तालिबानको झण्डा फहराइयो

काठमाडौं, असार ३० गते । अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रको एक प्रमुख नाकामा तालिबानले आफ्नो झण्डा फहराएको छ । झण्डा फहराएपछि तालिबानले उक्त सीमा अब आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ।सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कान्धार नजिक स्पिन बोल्डाक सीमामा सेता झण्डा फहराइरहेको देखिएको छ ।

बीबीसीका अनुसार अफगानिस्तानका अधिकारीहरुले भने अस्वीकार गरेपनि तालिबान लडाकू पाकिस्तानका सीमा सुरक्षाकर्मीसँग कुराकानी गरिरहेको देखिएको छ ।पछिल्लो केही दिन यता तालिबानले अफगानिस्तानी भूभाग नियन्त्रणमा लिने क्रम बढाएको छ । गाेरखापत्रबाट

इरान, ताजिकिस्तान र तुर्कमेनिस्तानसँग जोडिएको अफगानिस्तानी भूभाग समेत तािलबानले नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ ।

अफगानिस्तानबाट नेटो नेतृत्वको सेना फित्र्ता भएपछि तालिबानले हिंसात्मक घटनालाई गति दिदै भू भाग नियन्त्रणमा लिने क्रम बढाएको हो ।

शीर्ष समाचार

धेरै पढिएको