October 15, 2021, Friday
२०७८ आश्विन ३०, शनिबार

पाकिस्तानमा विष्फोट: नौ चिनियाँसहित १३ जनाको मृत्यु

काठमाडौं, असार ३० गते । पाकिस्तानको खैबर पख्तनुख्वा प्रान्तमा एक बस विष्फोटमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ जना चिनियाँ इन्जिनियर र चार जना स्थानीय रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।पाकिस्तान खैबर पख्तनुख्वाको कोहिस्तानबाट श्रमिक लिएर दासु ड्याम पुगिरहँदा विष्फोट भएको बताइएको छ । विष्फोटको कारण खुलेको छैन् ।

घटनाबारे अनुसन्धान भइरहेको पाकिस्तान अधिकारीहरुले बताएका छन् । पाकिस्तान प्रहरीका नायब कमीशनर अरिफ खान युसूफजैले ३० जना श्रमिकलाई लिएर प्रस्थान गरेको बस बिहान करिब साढे सात बजे दुर्घटनामा परेको बताउनुभएको छ ।रोयटर्सका अनुसार विष्फोटमा एक जना चिनियाँ नागरिक र एक प्रहरी हराइरहेका छन् ।

विष्फोटपछि बस खोलामा पुगेको थियो ।यसैबीच, जल एव्म् ऊर्जा बिकास निकायले चिनियाँ एक कम्पनीका श्रमिक उक्त बसमा यात्रा गरिरहेको पुष्टि गरेको छ । उद्धारका लागि टोलि परिचालन गरिएको र घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको निकायले उल्लेख गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको