August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

एनआरएनए काेरियाकाे मनाेमानी,आफुनिकटकालाई राखेर उम्मेदवार दिएका लाई निस्कासन

काेरिया , असार ३० गते – गैर आवासीय नेपाली संघ (एनआएनए) दक्षिण काेरियाले ८औं कार्यसमितिका लागि आफू निकटका व्यक्तिलाई भित्र्याएको आराेप लगाइएको छ । ८ औं कार्यसमितिका लागि उम्मेदवारी दिएका केही व्यक्तिहरुलाई थाहै नदिइ नाम हटाएर आफु निकटकाे व्यक्तिहरुलाई मात्र पदमा राखेकाे कार्यसमितिका लागि उम्मेदवारी दिएका एक व्यक्तिले हाम्रोकान्तिपुरलाई बताएका छन् । त्यसैगरी निवर्तमान अध्यक्ष यज्ञराज सुवेदीले केही उम्मेदवारी व्यक्तिलाई फाेन गरि उम्मेदवार फिर्ता लिन दबाव दिएकाे पनि आराेप छ ।

यश विषयमा थप जानकारी लिनका लागि एनआरएनए काेरियाकाे ७ औं कार्यसमितिमा अध्यक्ष बनेका यज्ञ राज सुवेदीलाई फाेन गर्दा सम्पर्क हुन सकेन । गैरआवाशीय नेपाली संघ दक्षिण कोरियाका निवर्तमान केन्द्रिय सदस्य अवधेस राज चौराशीयाले एनआरएन कोरियाको निर्वाचन समितीले आफुलाई थाहै नदिई उम्मेदवारी नाम खारेज गरे पश्चात् निर्वाचन समिति प्रती आपत्ति जनाएका छन् ।साथै छानबिन गरी कडा कारबाही को माग समेत गरेका छन् ।

त्यस्तै निर्वाचन मण्डलनै खारेज हुनुपर्ने पनि माग गरेको छ । निर्वाचन आचारसंहिताको विपरीत हुन लागेको भन्दै उनले निर्वाचन समिती प्रती असन्तुष्टि जनाएकाे छ त्यस्तै यस्ता खालको प्रवृत्ती प्रती उनले घोर भर्त्सना समेत गरेका छन् । चाैराशीयाका अनुसार निर्वाचन समितिले हटाएका नाम ,अवधेश कुमार चौरसिया उम्मेद्बारी पद सचिव,राजु राई _सचिव,प्रसान्त राज बानिया माहासचिव,परि गुरुङ कोषाअध्यक्ष र श्रन हरि श्रेष्ठ रहेका छन् ।

आठौं अधिवेशन गर्ने क्रममा विधिविधान, नीति ,कानुन भन्दा बाहिर गएर पक्षपात एव एकलौटी ढंगले आफ्ना मान्छे राखेकाे बुझिएको छ । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आठौं अधिवेशन संपन्न जुलाई ४ मा भएको र अधिवेशनको अन्तसंगै ज्ञानेन्द्र प्रसाद जोशीको संयोजकत्वमा निर्वाचन समिति गठन गरीएको थियो । प्रारम्भ देखी नै निर्वाचन समितिको काम प्रति नेपाली समुदायले व्यापक बिराेध तथा आलोचना गरेका थिए ।

सातौं कार्यसमिती को नेतृत्वकाे प्रति पनि कोरियामा रहेका कतिपय नेपालीहरुले अझैसम्म व्यापक आलोचना गर्दै आएका छन् ।

सामाजिक सञ्जालमा एनआरएनए कोरियाका कमजोरीहरुलाई केही व्यक्तिले बुँदागत रुपमा यसरी सार्वजनिक गरेका छन् १)पंजिकृत सदस्यताको अन्तिम नामावली प्रकाशन नगरी निर्वाचन प्रक्रिया सुरु गरिएको।

२)उम्मेदवारको योग्यता र अयोग्यता मनोमानी तरिकाबाट छानबिन गरेको ,उम्मेदवारलाई व्यक्तिगत रुपले सम्पर्क गरी उम्मेदवारी फिर्ता गर्न दबाब दिएको ।

३) अधिबेशन जुलाई ४/० मा सम्पन्न भएता पनि आजसम्म जुलाई १२ पनि सदस्यता प्रमानित गरीराखेको।

४) निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरी राख्दा पंजिकृत सदस्यको व्यक्तिगत विवरण पत्रकार महासंघ को पेज बाट बाहिरिएको ।

५) उम्मेदवारको अयोग्यता लाई लिएर गरिएको दावी/ विरोधको विषय (कसले कसलाई दावी विरोध गर्यो) निर्वाचन समितिले बाहिर नै छताछुल्ल बाहिर जानकारी गरिदिएको।

६) एउटै भिसामा एकै पदका लागि दिएको उम्मेदवारी स्वीकृत र अर्को अस्वीकृत गरिएको छ जुन अव्यवहारिक र एकपक्षिय छ ।

७)समाबेशिताको अधारमा न त कुनै क्षेत्र र समुदाइ लाइ नसमेटिएको । एक्लौटि रुपमा लगेको देखिएको।तराई मुल को हुदा यो NRNA मा बस्ने अधिकार नै नभए जस्तो गरि बन्चित गरेको ।

शीर्ष समाचार

धेरै पढिएको