August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

थप २ हजार १० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं, बुधबार नेपालमा थप २ हजार १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार १०८ पीसीआर परीक्षणमा बुधबार थप २ हजार १० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९१६ परीक्षणबाट ८९५ जनामा पोजिटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार २४ परीक्षणमा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा थप १ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । यसैगरी काठमाडौं उपत्यकामा ४२५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २९४, भक्तपुरमा ६९ र ललिपतुर ६२ रहेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको