July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

महोत्तरीमा नेपाली सेनाका सिपाहीले गरे आत्महत्या

सांकेतिक तस्वीर

महोत्तरी, महोत्तरीमा नेपाली सेनाका एक सिपाहीले आत्महत्या गरेका छन् । जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत सिपाही अमिर तामाङले कञ्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार रामेछाप जिल्ला लिखु गाउँपालिका–५ घर भई हाल रणभीम गण प्रकौली ‘ख’ गुल्म दरबन्दीमा रहेका पेरीमिटर पोष्टमा डिउटीमा रहेका तामाङ आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

उनले आफैले बोकेको हतियारबाट आफ्नै दायाँ कन्चटमा गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

यसैगरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको