August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

देउवा सरकारको पहिलो निर्णय:चैत्रसम्म सबैलाई खोप दिने

सरकारले असोज मसान्त भित्र एकतिहाइ र चैत्र मसान्तभित्र सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलवार राति बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले असोज महिनाभित्र एक तिहाइ र चैत्रभित्र सबैलाई खोप लगाउने निर्णय गरेको आजै सरकारको प्रवक्ता तोकिएका कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।प्रधानमन्त्री देउवाले सिंहदरबारमा पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको