July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

सामाजिक अभियन्ता ज्वाला सङ्ग्रौलासहित ४ जना धरौटीमा रिहा

काठमाडौं, ‘सामाजिक अभियन्ता’ टिका सङ्ग्रौला, ज्वाला सङ्ग्रौलासहित चार जना मंगलबार धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौँले टिका सङ्ग्रौला, उनका पति हिमाल प्रसाद उपाध्याय, शर्मिला वाइबा भन्ने शर्मिला राई र दोलखाका यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।  

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतका अनुसार मङ्गलबार अदालतको आदेशपछि उनीहरू धरौटी तिरेर छुटेका हुन् ।

यसैगरी अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । जातीय विभेद विरुद्धको कसुरमा अदालतले उनीहरूलाई साधारण तारेखमा छाड्न आदेश गरेको छ ।

यस्तै असार छ गते पक्राउ परेका सङ्ग्रौला दम्पतीले नक्कली विवाह दर्ता बनाएको फेला परेको थियो भने सोही कसुरमा सङ्ग्रौलाका पति हिमाल प्रसाद उपाध्यायलाई अदालतले १ लाख धरौटी लिन आदेश गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको