August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

भोलिबाट भेरोसेल र अमेरिकाले दिएको खोप लगाइने

काठमाडौं, स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्लामा मंगलबारदेखि खोप अभियान सुरु गरिने भएको छ । विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिकलाई दिइने भएको हो ।

यसैगरी विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिक आदिलेसमेत सो पाउने छन् ।

त्यसै गरी अमेरिकी सरकारले अनुदानस्वरुप उपलब्ध गराएको जानसेन खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५० देखि ५४ वर्ष उमेर समूहका मानिसहरूलाई दिइने छ ।

शीर्ष समाचार

धेरै पढिएको