August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

संसद पुन:स्थापना हुनुले समग्र नेपाली जनताको जित भएको छ: सभामुख सापकोटा

काठमाडौं, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुन:स्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला गरेसँगै सञ्चारमाध्यमसँग कुरा गर्दै सभामुख उनले सर्वोच्च अदालतको संसद् पुन:स्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘आज जुन फैसला भएको छ, यो फैसलाले समग्रमा भन्नुपर्दा नेपाली जनताको जित भएको छ । लोकतन्त्रको जित भएको छ । संविधानलाई रक्षा भएको छ । र यस अर्थमा यो ऐतिहासिक फैसला भएको छ भन्ने मलाई लागेको छ । यो ऐतिहासिक अबसरमा सबभन्दा पहिला म यो ऐतिहासिक फैसला गर्ने सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायाधीश लगायत सम्पूर्ण संवैधानिक इजलासका न्यायाधीशज्यूहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

शीर्ष समाचार

धेरै पढिएको