August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

सर्वोच्चको फैसलापछि देउवा निवासमा नेताहरूकाे भिड

सर्वोच्चको फैसलापछि काँग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । देउवा निवास बुढानिलकण्ठमा काँग्रेसका शीर्षस्थ नेताबीच छलफल जारी छ ।

साढे तीन बजेबाट जारी छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय प्रकाशशरण महत, सुनील थापा, नेता बालकृष्ण खाण, पुष्पा भुसाललगायत सहभागी छन् ।

सर्वोच्चले संसद पुनःस्थापनासहित देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश गरेपछि आज देउवा निवासमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

आन्तरिक छलफलपछि आजै विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्ने देउवाको तयारी छ ।बैठकमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला पनि आउँदै छन् । रामशरण महत पनि देउवा निवास पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको