July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

मनकामना स्मार्ट लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौं, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सोमबार बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो ।

कम्पनीले रु. तीन करोड ८९ लाख बराबरको तीन लाख ८९ हजार ४९२ कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो ।

क्यापिटलका अनुसार संस्थाको आइपिओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए भने आवेदन दिएकामध्ये दुई हजार ७५३ जनाको आवेदन रद्द हुँदा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदक कायम गरिएको हो ।

मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो ।

जसअनुसार गोलाप्रथाबाट ३६ हजार ३४९ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । तीमध्ये दुई जनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएकामध्ये १९ लाख १७ हजारभन्दा बढी आवेदकको हात खाली भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको