July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

राप्ती समाज जापानको तेस्रो अधिवेशन सम्पन्न, २७ सदस्यीय कार्यसमिति गठन

टोकियो, राप्ती समाज जापानको तेस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । सो अधिवेशनबाट मनराज विश्वकर्मालाई अध्यक्ष र पन्चबीर चौधरीलाई महासचिव चयन गर्दै २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

राप्ती समाज जापानका संरक्षक विशेश्वर रेगामीको प्रमुख आतिथ्यता एवम् निवर्तमान अध्यक्ष युवराज रेग्मीको अध्यक्षतामा भएको उक्त अधिवेशनले कार्य समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश ओली, उपाध्यक्षहरु- आयुष्मा पुन मगर, कमल सोनी, शिवराज भट्रराई, महासचिब पञ्चबीर चौधरी सचिव हरिभक्त ओली, सहसचिव विश्व प्रताब बुढा मगर, कोषाध्यक्ष युबक शाही, सह कोषाध्यक्ष सुरेश पोख्रेल, प्रबक्ता सुगम बस्याल, आरएनजीमा कमल बाँठा मगर र सदस्यहरु- किरण घर्ति मगर, गोपाल खड्का, सबित्री श्रेष्ठ ,शंकर के:सी, जानकी अधिकारी, रोशनी कठायत, प्रकाश श्रेष्ठ, शिबराज बि .क., शुन्दर शाह ,शुन्दर अधिकारी, नबिन खत्रीलाई चयन गरेको छ भने ४ जना सदस्य पछि मनोनित हुने जनाएको छ ।

यसैगरी अधिवेशनले ८ सदस्यीय सल्लाहकारमा तारा प्रकाश बुढा मगर, रबि पुन, शरद पोख्रेल, राजन केसी, बिष्णु पौडेल, धनबीर सोनी, केशब भण्डारी , पदम प्रसाद भट्टराइ चयन गरेको छ । निवर्तमान अध्यक्ष युवराज रेग्मीलाई संरक्षकको जिम्मा दिएको बताईएको छ ।

अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गर्दै कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो, भने विधांनलाई सर्वसम्मत रुपमा केहि परिमार्जन गरिएको थियो ।

अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा जोड दिइएको छ । जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीबासीहरू एकजुट भई राप्तीको विकासमा जोड दिने प्रस्तावलाई अधिवेशनले पारित गरेको छ । सो कार्यक्रम निवर्तमान महासचिब प्रकाश ओलीले संचालन गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको