August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

सडक किनारमा एक युवतीको शव फेला

झापा बिर्तामोडमा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

आज बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यको बताए ।

बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । राताेपाटिबाट

शीर्ष समाचार

धेरै पढिएको