August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ ऋण सहायता दिने

काठमाडौं, असार २६। विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् करीव १२ अर्ब रुपैयाँ ऋण सहायता दिने भएको छ ।विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रवार बसेको बैठकले नेपालको विद्यालयक्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५–५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।

नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ ।

स्वास्थ्य क्षेत्रमा आएको सहायताले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा उक्त सहयोग पुग्ने अपेक्षा रहेको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुने विश्व बैंकले बताएको छ।

शीर्ष समाचार

धेरै पढिएको