September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

विश्व बैंकले नेपाललाई थप १० करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं, विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात करिव १२ अर्ब रुपैयाँ ऋण सहायता दिने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको आज बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५ र ५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।

नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार उक्त सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ ।

यस्तै नेपाल, श्रीलंका र माल्दिम्भसका विश्व बैंकका निर्देशक फारिस हदद जर्भोसले नेपालको विद्यालय क्षेत्रको सुदृढीकरणमा सहायता महत्वपूर्ण हुने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको