September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

चीनसँग खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं, नेपालले छिमेकी राष्ट्र चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप काठमाडौं ल्याएको हो ।

स्वास्थ्य सेवा विभागले खोप लिनका लागि निगमको जहाज हिजो चीन गएको थियो भने आज ८ उक्त खोप आइपुगेको र अब निरन्तर खोप आउने जनाएको छ ।

आजबाट साउन ८ गतेसम्म तीन वटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको