September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

पर्यटक आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्छ: मुख्यमन्त्री पौडेल

हेटौंडा, पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

बिहीबार हेटौँडा–१४ स्थित ड्राइभरडाँडामा प्रदेश सरकारद्वारा निर्मित सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा उनले स्थानीय कला, संस्कृति, परम्परा, रहनसहन तथा खानपिन पर्यटकलाई मन पर्ने भएकाले त्यसको संरक्षण र संवद्र्धन गरिनुपर्ने बताएका हुन् ।

ड्राइभरडाँडाको बस्तीलाई घरबास (होमस्टे)का रूपमा विकास गर्न निर्मित सांस्कृतिक भवनले सो क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले सरकार यस क्षेत्रको विकासमा प्रतिबद्ध रहेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको