September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

एनआरएनए दक्षिण काेरियामा वरिष्ठ उपाध्यक्ष पदका लागि संजिव राइकाे उमेरद्वारी

गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको ८ औं अधिवेशन वरिष्ठ उपाध्यक्ष पदका लागि संजिव कुमार राईले उम्मेद्वारी दर्ता गरेका छन । राईले ७ औं कार्यकालमा एनआरएनए काेरियाकाे उपाध्यक्ष पदमा रहेर मार्यभार सम्हालेका थिए । तर यसपटक भने वरिष्ठ उपाध्यक्ष पदमा उनले उमेरद्वारी दिएका छन् ।

उनले काेरियामा रहेका नेपालीहरुकाे हकहितका लागि सदैब आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।साथै केही व्यक्तिहरुले संस्थालाई आफ्नाे पाेल्टामा राख्न खाेजेकाे उनकाे आराेप छ कतिपय चित्त नबुझेका कुराहरु उने आफ्नाे फेसबुकमा पनि लेखेका छन् ।

राईले लेखेका फेसबुक स्टाटस यस्ताे छ ।

, “यो कुनै पार्टी,पावर,पैसा,जाती,धर्म अनि भुगोलको निम्ती नभई बिगत लामो समयदेखिको सामाजिक कार्य र मजदुरको सुख: दुख अनि समस्याको अनुभव र २ बर्ष उपाध्यक्ष भएर सस्थालाई नजिकबाट नियालि सकेपछि प्राईभेट कम्पनि बनाउन खोज्नेहरुको लागि संस्थालाई सत्य र पारदर्शी बनाउनु पर्छ भन्ने आवाज उठाउदा आँखाको तारो देख्नेहरुको र कोरियामा रहेको ८५% तपाई हामी श्रमजिबी मजदुरबर्गको प्रतीनिधिको रुपमा हो ।”

शीर्ष समाचार

धेरै पढिएको