September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

नायिका जेनी कुँवरले गरिन आत्माहत्या,सुसाइट नाेटमा लेखिन आफ्नै कारणले यसाे गरे पुलिस दाजु

नायिका जेनि कुँवरले देह त्याग गरेकि छन् ।काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा उनी मृत फेला परेकी हुन् ।साथै कुँवरको सुसाइड नोट पनि सँगै भेटिएको छ ।

बिहीबार साँझ अपार्टमेन्टको तेस्रो तल्लामा उनी मृत अवस्थामा फेला परेकि हुन् ।साथै सुसाइड नोट पनि भेटिएको छ ।नेटमा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ सुचना छाडेकी छिन् । उनी पछिल्लो समय डिप्रेशनबाट ग्रसित भएको बुझिएको छ ।

ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा जेनीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । घटनास्थलमा भेटिएको सुसाइड नोटमा आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै उनले लेखेकी थिइन् ‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’ ‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ नोटमा भनिएको छ– ‘यसमा कसैको दोष छैन ।’

श्रीमान अपार्टमेन्टमा नभएको बेलामा उनले आत्महत्याको बाटो रोजेकी थिइन् । अब फरेन्सिक चिकित्सकले शवको अवस्था र घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेका छन् । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइने प्रहरीले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको